Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी, के छन् बैठकका एजेण्डा ?

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी, के छन् बैठकका एजेण्डा ?

  • सोमवार, चैत्र २ २०७७

  • 754
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी, के छन् बैठकका एजेण्डा ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।

    आइतबार सुरु भएको बैठकले पार्टीको नाम फेर्नेलगायतका ६ वटा एजेन्डा तय गरेको थियो । सोही विषयमा आज पनि छलफल भइरहेको नेताहरुले बताएका छन् ।

    स्रोतका अनुसार आइतबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्नुपर्ने धारणा राखेका थिए । त्यस्तै, कतिपयले नेकपा (समाजवादी) राख्नुपर्ने सुझाब दिएका थिए । यसैगरी, कतिपयको धारणा भने माओवादी ब्राण्ड छोड्नुनहुने थियो ।

    आजको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूचि छ । नयाँ सरकार गठनबारे पनि बैठकमा छलफल भइरहेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।


    सोमवार, चैत्र २ २०७७०३:१०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij