Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा आज सर्वदलीय बैठक आह्वान

राष्ट्रपति भण्डारीद्वारा आज सर्वदलीय बैठक आह्वान

  • मंगलवार, चैत्र ३ २०७७

  • 1.1K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा आज सर्वदलीय बैठक आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आयोजना गर्नुहुने भएको छ । शीतल निवासमा मंगलबार (आज) सर्वदलीय बैठक बस्ने भएको हो ।

    बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएको छ ।

    सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

    सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्दै आएको सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

    सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आयोजना गर्न लाग्नुभएको हो ।


    मंगलवार, चैत्र ३ २०७७०७:५०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij