Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु : सभामुख सापकोटा

प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु : सभामुख सापकोटा

  • सोमवार, चैत्र ९ २०७७

  • 1.4K
    SHARES

  • प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु : सभामुख सापकोटा

    काठमाडौँ – सभामुख अग्नि सापकोटाले संसदको कामकारबाहीलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्रीसँग भेट्न आफूले समय मागेको बताउनुभएको छ।

    यसअघि कानुनमन्त्रीमार्फत भेटबारे कुराकानी भइरहे पनि आज बंगलादेश भ्रमणमा जानेक्रममा राष्ट्रपतिको बिदाइ गर्न गएको बेला एयरपोर्टमा पनि कुरा भएको र भेट्न समय मागेको सापकोटाको भनाइ छ ।

    ‘कानूनमन्त्रीमार्फत कुरा भइरहेको थियो, आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो,’ संसदीय मामिला सम्बन्धी पत्रकारहरूसँग सिंहदरबारमा भएको भेटमा उहाँले भननुभयो, ‘समय मागेको छु, खबर आउला ।’

    सभामुख सापकोटाले संसदमा रहेका अध्यादेश अगाडि बढाउन संसद तयार रहेको र सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्ने मानसकितामा आफू नरहेको बताउनुभयो।

    ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन,’ उहाँले भन्नुभयो, ‘निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै संसद नियमित गर्नेतर्फ सभामुखको भूमिका सकारात्मक नभएको टिप्पणी गरिहनुभएको छ । प्रतिनिधिसभा पुनःस्थापनायता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको छैन।


    सोमवार, चैत्र ९ २०७७०५:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij