Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा १० जनाको ज्यान जानेगरी कसले गर्यो अन्धाधुन्ध गोली प्रहार ?

अमेरिकामा १० जनाको ज्यान जानेगरी कसले गर्यो अन्धाधुन्ध गोली प्रहार ?

  • मंगलवार, चैत्र १० २०७७

  • 1.1K
    SHARES

  • अमेरिकामा १० जनाको ज्यान जानेगरी कसले गर्यो अन्धाधुन्ध गोली प्रहार ?

    एजेन्सी । अमेरिकाको कोलोराडो राज्यमा अन्धाधुन्ध गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।

    कोलोराडोको बोल्डर शहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएको बिबिसीले जनाएको छ ।
    एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार भएपछि भागदौड मच्चिएको थियो ।

    स्थानीय समयअनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको हो । आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    घटनालगत्तै भएको पत्रकार सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई हिरासतमा लिइएको बताएका छन् ।


    मंगलवार, चैत्र १० २०७७१२:५८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij