एफए कप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुनेभएको छ । वेम्बली स्टेडियममा आजको खेलमा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । चेल्सी र युनाइटेडबिचको दोस्रो सेमिफाइनल खेल भोली हुनेछ । सिटी र आर्सनलबीचको विजेताले फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ । चेल्सी र युनाइटेडबिचको दोस्रो सेमिफाइनल खेल आइतबार हुनेछ ।
चेल्सीले लेष्टर सिटीलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाउँदा युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २-१ ले हराएको थियो ।