Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

इजिप्टमा भएको रेल दुर्घटनामा ३२ जनाको मृत्यु , १६५ घाइते

इजिप्टमा भएको रेल दुर्घटनामा ३२ जनाको मृत्यु , १६५ घाइते

  • शनिवार, चैत्र १४ २०७७

  • 1.0K
    SHARES

  • इजिप्टमा भएको रेल दुर्घटनामा ३२ जनाको मृत्यु , १६५  घाइते

    एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको बीबीसीले जनाएको छ ।

    उक्त रेल राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा रहेको लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ गइरहेको बताइएको छ । यस्तै अर्को रेल राजधानी कायरोबाट असवान शहरतर्फ गइरहेको थियो । विपरीत दिशाबाट आएका दुईवटा रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

    गुडिरहेका दुवै रेलमा आपतकालीन ब्रेक लगाएपछि दुर्घटना भएको अधिकारीहरुले प्रारम्भिक अनुमान गरेका छन् । दुर्घटनालगत्तै राष्ट्रपति अब्दुल फताह अलसिसीले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

    दुर्घटनालगत्तै उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको । इजिप्टमा हरेक वर्ष रेल दुर्घटना हुँदा कयौंको ज्यान गइसकेको छ । सन् २००२ मा गुडिरहेको रेलमा आगलागी हुँदा ३७३ जनाको मृत्यु भएको थियो ।

     


    शनिवार, चैत्र १४ २०७७०७:२८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij