Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

  • शनिवार, श्रावण ३ २०७७

  • 583
    SHARES

  • नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज दिउँसो ३ बजेर १० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

    यसअघि, गएको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित भएको छ । पटक–पटक मिति तोक्दै बैठक सारेर अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा पनि सहमति हुनसकेको छैन ।

    ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहो¥याउनुभएको छ भने दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले दुईमध्ये एक पद छोड्नुपर्ने अडान राखेका छन् । 


    शनिवार, श्रावण ३ २०७७०४:१२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij