Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

म्यानमारमा सेनाले नरसंहार मच्चायो, सडकमा उत्रिएकाहरुको गोली हानेर हत्या

म्यानमारमा सेनाले नरसंहार मच्चायो, सडकमा उत्रिएकाहरुको गोली हानेर हत्या

  • आइतवार, चैत्र १५ २०७७

  • 1.6K
    SHARES

  • म्यानमारमा सेनाले नरसंहार मच्चायो, सडकमा उत्रिएकाहरुको गोली हानेर हत्या

    एजेन्सी । म्यानमारमा सैन्य सत्ताले नरसंहार मच्चाएको छ । प्रजातन्त्रको पक्षमा सडकमा उत्रिएकाहरुमाथि सेनाले गोली हानेर हत्या गरेको हो ।

    शनिबार (हिजो) मात्र सेनाले चलाएको गोली लागि झण्डै एक सय जना मारिएका छन् । सुरक्षाकर्मीको ज्यादतीको विरोध गर्न खोज्दा होनिएको गोली लागेर प्रदर्शनकारीहरु मारिएका हुन् ।

    हिजो ‘आर्मड फोर्सज डे’ का दिन सडकमा उत्रिएका प्रदर्शनकारी माथि सुरक्षा बलले चलाएको गोली लागि ९० जनाभन्दा बढी व्यक्ति मारिएको बीबीसीले जनाएको छ ।

    स्थानीय सञ्चार माध्यमहरुका अनुसार मृतकको संख्या यकिन हुन सकेको छैन । यो संख्या अझै बढ्न सक्ने छ ।

    सडकमा आफ्ना नागरिकको हत्या गर्नुपूर्व सत्ता हत्याएका सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रदर्शनमा ननिस्कन र निस्किएमा गोली चल्न सक्ने चेतावनी दिएका थिए ।

    सरकारी टेलिभिजनले पनि प्रदर्शनकारीहरूले अहिलेसम्म भएको मृत्युबाट सिक्नुपर्ने जनाएको थियो । प्रदर्शनमा सहभागीहरूलाई अगाडि र पछाडि दुवैतर्फबाट गोली लाग्नसक्ने चेतावनी दिएको थियो ।

    सेना प्रमुख लाइङले त्यसक्रममा लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने पनि बताए । नयाँ निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दलले दुई तिहाई बहुमत ल्याएपछि नयाँ संसदको बैठक बस्ने दिनमै सेनाले कू गर्दै सत्ता हत्याएको थियो ।

    निर्वाचनमा आफू समर्थित दलको पत्तासाफ भएपछि सेनाले फेब्रुअरीमा शासन हत्याएको थियो । त्यसयता मात्र सेनाले चार सयभन्दा बढी प्रजातन्त्रवादी प्रदर्शनकारीको हत्या गरिसकेको छ ।

     


    आइतवार, चैत्र १५ २०७७०८:३०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij