काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले अहिले पनि सरकारसँग बहुमतमा रहेकाले अबिश्वासको प्रस्ताव ल्याउनसक्ने बाटो नदेखिएको बताउनुभएको छ ।
उहाँले अझैपनि माओवादी केन्द्रले समर्थन दिएकाले कानुनीरुपमा सरकार बहुमतमा रहँदा काँग्रेसले अबिश्वासको प्रस्ताव ल्याउन नसकेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले देशको राजनीतिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजेको स्पष्ट पार्नुभएको छ ।
आफैंले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि प्रधानमन्त्री ओलीले नैतिकरुपमा पद छाड्नुपर्ने पनि धारणा राख्नुभयो ।
काँग्रेस प्रवक्ता शर्माले नयाँ सरकार गठन गर्न निर्णायक भुमिकामा देखिएको जसपा आफैं अलमलमा परेकाले पनि राजनीतिक निकास निस्किन नसकेको उल्लेख गर्नुभएको छ ।
एमाले र काँग्रेस दुबै पार्टीसँग जसपा सत्ता समिकरणका लागि छलफल गरिरहेको बताउँदै उहाँले जसपाले एउटै दलसँग निकास आउने खालको बहस गर्नुपर्ने दावी गर्नुभयो ।