एजेन्सी । म्यानमारमा शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको सरकारी दमनबाट मृत्यु भएपछि त्यहाँको सैन्य प्रमुखले भव्य पार्टी गरेका छन् ।
सैन्य प्रमुख मिन ओङ ह्लाइङ तथा उनका जनरलले आइतबार राति नै भव्य पार्टी गरेका हुन् । हिजो बिहान मृत्यु भएकाको अन्तिम संस्कारमा समेत सेनाले हस्तक्षेप गर्ने प्रयास गरेको थिए ।
शनिबार सेनाको दमनका बाबजुद पनि आइतबार म्यानमारमा सैनिक शासन विरुद्ध प्रदर्शन भने रोकिएन ।
म्यानमारमा सैनिक शासन सुरु भएदेखि शनिबार प्रदर्शनकारीमाथि सबैभन्दा बढी हिंसा भएको छ । फेव्रुअरीदेखि अहिलेसम्म ४ सय जनाको मृत्यु भएसकेको छ ।
विश्वका धेरै देशका रक्षा प्रमुखले एक संयुक्त विज्ञप्ति जारी गर्दै म्यानमारको सैनिक दमनको विरोध गरेका छन् ।