Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्वेज नहरमा अड्किएको विशाल पानी जहाजलाई निकालियो

स्वेज नहरमा अड्किएको विशाल पानी जहाजलाई निकालियो

  • मंगलवार, चैत्र १७ २०७७

  • 787
    SHARES

  • स्वेज नहरमा अड्किएको विशाल पानी जहाजलाई निकालियो

    एजेन्सी । एसिया र युरोपबीच सबैभन्दा छोटो जलमार्गमा पर्ने स्वेज नहरमा अड्किएको एउटा विशाल पानी जहाजलाई सारिएको छ ।

    गत मंगलबार अड्किएको एभर गिभन नामको जहाजको अघिल्लो भागलाई नहरको किनारातिर तानेर बन्द भएको बाटो खुला गरिएको हो ।

    इजिप्टको स्वामित्वमा रहेको स्वेज नहर १ सय ९३ किलोमिटर लामो छ । जसलाई संसारको एउटा अति व्यस्त व्यापारिक मार्ग मानिन्छ ।

    एभर गिभन पानीजहाजका कारण जलमार्ग बन्द हुँदा नहरमा संसारकै सबैभन्दा महँगो ट्राफिक जाम भएको बताइएको थियो ।

    यो नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेको तथ्यांकले देखाउँछ ।

    स्वेज नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको छ । एभर गिभनलाई सार्न दुई दिन अघि त्यसबाट २० हजार वटा कन्टेनर निकालेको थियो ।

    अड्किएको पानीजहाज चार सय मिटर लामो र ५९ मिटर चौडाइको रहेको छ ।


    मंगलवार, चैत्र १७ २०७७०८:५१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij