Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ताजकिस्तानमा अफगानिस्तानको शान्ति प्रक्रियाबारे छलफल

ताजकिस्तानमा अफगानिस्तानको शान्ति प्रक्रियाबारे छलफल

  • बुधवार, चैत्र १८ २०७७

  • 1.3K
    SHARES

  • ताजकिस्तानमा अफगानिस्तानको शान्ति प्रक्रियाबारे छलफल

    एजेन्सी । ताजकिस्तानमा जारी ‘हर्ट अफ एशिया’ सम्मेलनमा अफगानिस्तानको शान्ति प्रक्रियाबारे गम्भिर छलफल भएको छ ।

    मध्य एसियाली मुलुक ताजकिस्तानको राजधानी दुशान्बेमा जारी सम्मेलनमा अफगानिस्तानको तालिवान विद्रोहीसँगको शान्ति सम्झौता सबै पक्षबाट पालना गर्नुपर्ने विषयमा अन्य मुलुकहरुले चासो राखेका हुन् ।

    सम्मेलनमा अफगानिस्तानसँगै चीन, भारत, पाकिस्तान, टर्की, रुस, इरान काजखस्तान, साउदी अरबिया, युएईलगायतका एक दर्जन भन्दा बढी मुलुक सहभागी छन् । सम्मेलनका सहभागीहरुले अफ्गानिस्तानको शान्ति प्रक्रियालाई संयुक्त राष्ट्रसंघको निगरानीमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

    अमेरिकाको मध्यस्थतामा अफगान सरकार र तालीवानबीच शान्ति सम्झौता भएपछि क्षेत्रीय चासो बढेको छ । सम्झौताअनुसार यही मे महिनाभित्र अमेरिकी सेनाले अफ्गानिस्तान छाड्नुपर्नेछ ।

    तर अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएसँगै अमेरिकी सेना फिर्ता प्रक्रिया लम्बिने संकेत देखिएको छ । तालिवानले पनि विदेशी सेना फिर्ता नभए उनीहरुमाथिको आक्राण फेरि थाल्ने चेतावनी दिइसकेको छ ।


    बुधवार, चैत्र १८ २०७७०८:३६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij