काठमाडौं । सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे नेकपा (माओवादी केन्द्र) निर्णयमा पुग्न सकेन । आज बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएको तर कुनै निर्णय भने हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँझिएपछि दुई पार्टी भइसकेको अवस्थामा ओली नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नरहेको र चाँडै समर्थन फिर्ता लिने बताउनुभएको थियो । आज प्रवक्ता श्रेष्ठले पनि यही कुरा दाहोर्याउनुभयो ।
एमाले र माओवादी केन्द्र विभाजित भएपछि पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै आलोचना भइरहेका बेला माओवादीले समर्थन फिर्ता लिने बारेमा आज छलफल गरेको हो ।