Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ

सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ

  • आइतवार, श्रावण ४ २०७७

  • 788
    SHARES

  • सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ

    काठमाडौं । नेपाली भुमी लिपुलेक कालापानीबारे विवादास्पद अभिव्यक्ती दिएपछि समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई निस्कासित गरेको हो । उनको आज हुन लागेको सुनवाइ न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा हुनेछ । समाजवादी पार्टीले पार्टीको साधारण सदस्य समेत नरहने गरि र संसद् सदस्यबाट पनि हटाउने निर्णय गरेपछि गिरीले त्यसविरूद्ध २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् ।

    उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन् । सरकारले लिम्पियाधुरा समेत समेटेको नयाँ नक्शा जारी गरेपछि त्यसलाई नेपालको निशान छापमा समेट्न भएको संविधान संशोधनमा गिरी मतदान नगरी संसद् भवनबाट बाहिरिएकी थिइन् ।


    आइतवार, श्रावण ४ २०७७१२:२१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij