काठमाडौं । नेकपा (एमाले)को कर्णाली प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा समसामयिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।
दिउँसो १ बजे संसदीय दलको बैठक तोकिएको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिनुभएको छ ।
यसअघि चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । उक्त बैठकले गरेको निर्णयमा माधवकुमार नेपाल पक्षका सांसदहरूले भने सहमति जनाएका थिएनन् ।
उनीहरू बैठकमा सहभागीसमेत भएका थिएनन् । आजको बैठकमा भने आफूहरू पनि सहभागी हुने नेपाल पक्षका एक सांसदले बताए ।