Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीका तीन मन्त्रीले दिए राजीनामा, के धरापमा परेकै हो मुख्यमन्त्री शाहीको कुर्सी ?

कर्णालीका तीन मन्त्रीले दिए राजीनामा, के धरापमा परेकै हो मुख्यमन्त्री शाहीको कुर्सी ?

  • मंगलवार, चैत्र २४ २०७७

  • 2.1K
    SHARES

  • कर्णालीका तीन मन्त्रीले दिए राजीनामा, के धरापमा परेकै हो मुख्यमन्त्री शाहीको कुर्सी ?

    काठमाडौं । कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

    नेकपा (एमाले)बाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आज राजीनामा दिएका हुन् । उनीहरुले पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् ।

    एमाले प्रदेश कमिटीको आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी केन्द्रको सरकारमा सहभागी माधव नेपाल समूहका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्णयको दुई दिनपछि तीनैजना मन्त्रीको राजीनामा आएको हो ।

    यसैबीच आजै एमाले प्रदेश कमिटी संसदीय बैठक बस्दैछ । बैठकअघि नै मन्त्रीहरुको राजीनामा आएको हो ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका मात्रै २० सांसद छन् । एमाले प्रवेश गरेपछि एकजना धर्मराज रेग्मीलाई माओवादी केन्द्रले पदबाट मुक्त गर्दा प्रदेशमा कुल ३९ सांसद छन् । कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् ।

    पार्टीको एकल बहुमत पुग्ने भएकाले एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीस्वरुप माओवादी सरकारका मन्त्री फिर्ता बोलाएको हो । एमालेको तयारीसँगै मुख्यमन्त्री शाहीको सरकार ढल्ने निश्चित भएको विश्लेषण गरिएको छ ।


    मंगलवार, चैत्र २४ २०७७०१:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij