काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताउनुभएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । प्रचण्ड त्यसमा सकारात्मक देखिएको अन्य ओलीइतर नेताहरुको बुझाई थियो ।
तर आइतबार (आज) सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले आफूहरुबीच कुनै सहमति नभएको र थप छलफल गरौं भनेर अर्का अध्यक्ष ओलीसँग भनेको उल्ले गर्नुभयो ।