Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्रीलाई सर्मथन गर्ने-नगर्ने भन्नेबारे निर्णय भएको छैन : काँग्रेस नेता शाही

मुख्यमन्त्रीलाई सर्मथन गर्ने-नगर्ने भन्नेबारे निर्णय भएको छैन : काँग्रेस नेता शाही

  • बिहिवार, चैत्र २६ २०७७

  • 1.0K
    SHARES

  • मुख्यमन्त्रीलाई सर्मथन गर्ने-नगर्ने भन्नेबारे निर्णय भएको छैन : काँग्रेस नेता शाही

    काठमाडौं । नेपाली काँग्रेसको कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सर्मथन गर्ने कि नगर्ने भन्नेबारे निर्णय भईनसकेको जानकारी दिनुभएको छ ।

    उहाँले नेकपा एमाले र माओवादी केन्द्र दुबै दलले आफुलाई सर्मथन गर्न अनुरोध गरिरहेको भएपनि अहिले नै कसलाई सर्मथन गर्ने भन्ने निर्णय भईनसकेको प्रष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शाहीले प्रदेशमा काँग्रेसको संरचना पूर्ण नभएकाले कसलाई सर्मथन गर्ने त्यो निर्णय केन्द्रीय तहबाटै हुने बताउनुभयो ।

    कर्णाली प्रदेश सरकारले विश्वासको मत लिन नसकेपछि मध्यावधि निर्वाचनमा जानुपर्ने स्थिती आउनसक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

    प्रदेशमा पार्टीले पहल गर्दा नेपाली काँग्रेसको नेतृत्वमा पनि सरकार बन्न सक्ने नेता शाहीले उल्लेख गर्नुभएको छ ।


    बिहिवार, चैत्र २६ २०७७०७:२४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij