एजेन्सी । एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिएपछि भारत अघोषित लकडाउनको अवस्थामा पुगेको छ ।
भारतमा हिजो एकैदिन १ लाख ५२ हजार ८ सय बढी कोरोना संक्रमित पुष्टी भएपछि भारतभर थप सर्तकता अपनाइएको छ ।
भारत सरकारले कोरोना नियन्त्रणका लागि सार्वजनिक जमघट, रेष्टुराँ, सिनेमा हल, तथा सार्वजनिक यातायातमा प्रतिबन्ध लगाएको छ । भारतको उत्तर प्रदेशका सम्पूर्ण राज्यका विद्यालयहरु आगामी ३० अप्रिलसम्मका लागि बन्द गरिएको छ ।
उत्तर प्रदेशका ५ सय भन्दा बढी संक्रमित भएको जिल्लाहरुमा रात्रीकालिन कर्फ्यू आदेश जारी गरिएको छ ।
रात्रीकालिन कर्फ्यू अन्तर्गत रातको ९ बजेदेखि बिहान ६ बजेसम्म कुनै पसल, रेष्टुराँहरु खोल्न पाइने छैनन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कोरोना नियन्त्रणमा लापरवाही गरेको खण्डमा देशमा पुर्ण रुपमा लकडाउन हुन सक्ने चेतावनी दिएका छन् ।
भारतको लखनउ, कानपुर, गोरखपुर जिल्लामा एकैदिन १५ हजार बढी कोरोना संक्रमित थपिएपछि ती जिल्लाहरुमा रात्रीकालिन व्यवसाय बन्द गरिएको छ ।