Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

संक्रमित थपिएपछि भारतमा कतै लकडाउन त कतै रात्रीकालीन कफ्र्यु

संक्रमित थपिएपछि भारतमा कतै लकडाउन त कतै रात्रीकालीन कफ्र्यु

  • मंगलवार, चैत्र ३१ २०७७

  • 1.2K
    SHARES

  • संक्रमित थपिएपछि भारतमा कतै लकडाउन त कतै रात्रीकालीन कफ्र्यु

    एजेन्सी । भारतमा पछिल्लो एकैदिन झण्डै १ लाख ७० हजार कोरोना संक्रमित थपिएपछि कतै लकडाउन त कतै रात्रीकालिन कफ्र्यु जारी गरिएको छ ।

    भारतको मध्यप्रदेशको भोपालमा बेलुकी ९ बजेदेखि बिहान ६ बजे सम्म पुर्णरुपमा लकडाउन घोषणा गरिएको हो ।

    भोपालमा एक सातका लागि लकडाउन घोषणा गरिएको छ । लकडाउनको अवधिमा जिल्लाको अस्पताल, औषधी पसल मात्रै खुल्ने छ । खाद्यान्न पसलदेखि अन्य व्यापारिक गतिविधिमा पूर्णरुपमा रोक लगाइएको छ ।

    यसैगरी महाराष्ट्रमा रात्री कफ्र्युको समय २ साताका लागि लम्ब्याइएको छ । महाराष्ट्रमा हिजो एकैदिन २ सय ५० भन्दा बढीकोे मृत्यु भएपछि त्यहाँको राज्य सरकारले रात्री कर्फ्यूको समय लम्बाएको हो । महाराष्ट्रमा हिजो एकैदिन ५१ हजार ७ सय बढी कोरोना संक्रमित पुष्टी भएको छ ।

    भारतको राजधानी नयाँ दिल्लीमा पनि संक्रमण दर उच्च भएको छ । त्यहाँ एकैदिन ७२ जनको मृत्यु भएको छ भने संक्रमितको संख्या दर १२ दशमलव ४४ पुगेको छ । जवकि अघिल्लो महिना संक्रमित दर १२ दशमलव ९ प्रतिशत थियो । भारतमा पछिल्ला केही दिनयता निरन्तर एक लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् ।

    थपिएकामध्ये सबैभन्दा धेरै महराष्ट्र राज्यमा छन् भने नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा संक्रमितको संख्या दिनानुदिन १५ हजारको हाराहारीमा रहने गरेको छ । भारतमा हालसम्म १ करोड ३६ लाख ८६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ ।

    १ लाख ७१ हजारको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा करिब १० करोड मानिसलाई कोरोनाको खोप लगाइएको छ ।


    मंगलवार, चैत्र ३१ २०७७०८:२०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij