Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो सर्वाधिक धनी क्लब (शीर्ष १० को सूचिसहित)

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो सर्वाधिक धनी क्लब (शीर्ष १० को सूचिसहित)

  • मंगलवार, चैत्र ३१ २०७७

  • 1.5K
    SHARES

  • रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो सर्वाधिक धनी क्लब (शीर्ष १० को सूचिसहित)

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची अनुसार बार्सिलोना सर्वाधिक धनी क्लब बनेको हो ।

    बार्सिलोनाले अर्को स्पेनिस क्लब रियल म्याड्रिडलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

    फोर्ब्सको तथ्यांक अनुसार बार्सिलोनाको मूल्य ४.७६ विलियन डलर रहेको छ ।

    दोस्रो स्थानको रियलको मूल्य भने ४.७५ विलियन डलर रहेको छ ।

    यस्तै तेस्रो स्थानमा रहेको जर्मन क्लब बायर्न म्युनिखको मूल्य ४.२१ विलियन छ ।

    यसैगरी चौंथो स्थानको म्यानचेस्टर युनाइटेडको ४.२० विलियन र पाँचौं स्थानको लिभरपुलको ४.१० विलियन डलर रहेको छ ।

    छैटौं स्थानको म्यानचेस्टर सिटीको मूल्य ४ विलियन, चेल्सीको ३.२० विलियन र आर्सनलको २.८० विलियन डलर रहेको छ । यी सबै इंग्लिस क्लब हुन् ।

    नवौं स्थानको फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)को मूल्य २.५० र दशौँ स्थानको अर्को इग्लिस क्लब टोटेनहमको २.३० विलियन रहेको छ ।

    Capture.PNG


    मंगलवार, चैत्र ३१ २०७७१२:१६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij