Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नाइजरको विद्यालयमा आगलागी, २० बालबालिकाको मृत्यु, दर्जनौ घाइते

नाइजरको विद्यालयमा आगलागी, २० बालबालिकाको मृत्यु, दर्जनौ घाइते

  • बिहिवार, बैशाख २ २०७८

  • 849
    SHARES

  • नाइजरको विद्यालयमा आगलागी, २० बालबालिकाको मृत्यु, दर्जनौ घाइते

    एजेन्सी । अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु भएको छ ।

    नाइजरको राजधानी नियोमेमा रहेको विद्यालयमा भएको आगलागीमा दर्जनौ विद्यार्थी घाइते भएका छन् ।

    विभिन्न कक्षा कोठामा विद्यार्थीहरु अध्ययनरत रहेकै बेला आगलागी भएको हो । अआगलागीबाट विद्यालयका सम्पूर्ण कोठा जलेर नष्ट भएका छन् ।

    यसैबीच नाइजरका प्रधानमन्त्री ओहोउमोन्डेउ मोहमदले घटनास्थलको निरीक्षण गरी पीडित परिवारलाई उचित राहत दिने घोषणा गरेका छन् ।

    उता अभिभावकहरुले भने विद्यालयका लापरवाहीका कारण आफ्ना बालबालिकाको ज्यान गएको भन्दै सरकारको आलोचना गरेका छन् ।


    बिहिवार, बैशाख २ २०७८०८:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij