Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उतर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्नेबारे दक्षिण कोरिया र अमेरिका छलफल गर्ने

उतर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्नेबारे दक्षिण कोरिया र अमेरिका छलफल गर्ने

  • शुक्रवार, बैशाख ३ २०७८

  • 1.3K
    SHARES

  • उतर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्नेबारे दक्षिण कोरिया र अमेरिका छलफल गर्ने

    एजेन्सी । उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्नेबारे अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग दक्षिण कोरियाका राष्ट्रपति मुनजे इनबीच छलफल हुने भएको छ ।

    आगामी महिना ह्वाइट हाउसमा हुने वार्तामा उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमलाई बन्द गर्नेबारे छलफलको वातावरण बनाउने विषयमा कुराकानी हुने समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति बाइडेनले उत्तर कोरियासँगको आफ्नो नीतिको समीक्षा भइरहेकाले आगामी महिनाबाट नयाँ नीतिअनुसार अघि बढ्ने बताएका छन् ।

    उनले दक्षिण कोरियाका समकक्षीसँग उत्तरसँग वार्ताको वातारण बनाउनेबारे छलफल गर्न लागेका हुन् । यस्तै दक्षिण कोरिया, चीन र जापानबीच क्षेत्रिय सुरक्षाका लागि थप सहयोग गर्न पनि आफू तयार रहेको बताउँदै आएका छन् । केही महिनाअघि जापान, अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा सैन्य अभ्यास गरेपछि उत्तर कोरिया थप सशंकित भएको थियो ।

    त्यसयता उत्तरले लगातार छोटो तथा लामो दूरीका क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । यस्तै राष्ट्रपति बाइडेनले जापानका प्रधानमन्त्री योशीहाइड सुगासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । गत जनवरीमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुगा राष्ट्रपति बाइडेनलाई भेट्न पहिलो विदेशी नेता रहेको बताइएको छ ।


    शुक्रवार, बैशाख ३ २०७८०७:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij