Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वेस्ट ह्याम युनाइटेडसँग चेल्सी ३–२ गोलले हार्यो

वेस्ट ह्याम युनाइटेडसँग चेल्सी ३–२ गोलले हार्यो

  • बिहिवार, आषाढ १८ २०७७

  • 999
    SHARES

  • वेस्ट ह्याम युनाइटेडसँग चेल्सी ३–२ गोलले हार्यो

    चेल्सी वेस्ट ह्याम युनाइटेडसँगको रोमाञ्चक खेलमा पराजित भएको छ । खेलमा वेस्ट ह्याम ३–२ गोलअन्तरले विजयी भएको थियो ।

    खेलको ४२ औँ मिनेटमा विलयानले पेनाल्टीमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा टोमास साउसेकले बराबरी फर्काए ।

    दोस्रो हाफमा एन्टोनियोले वेस्ट ह्यामलाई खेलमा अग्रता दिलाए पनि विलायनले उत्कृष्ट फ्रिककमार्फत खेल पुनः बराबरी गरे । खेल सकिन एक मिनेट बाँकी छँदा यार्मोलेंकोले गोल गर्दै वेस्ट ह्यामलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

    जीतसँगै वेस्ट ह्यामले यो सिजन रेलिगेसनबाट बच्ने सम्भावना बढेर गएको छ । उता चेल्सीले भने लिगको चौथो स्थानमा कायम रहेको छ ।

    तेस्रो स्थानमा रहेको लेस्टर सिटी पनि एभर्टनसँग २–१ गोलअन्तरले पराजित भयो । योसँगै एभर्टनले अर्को सिजन युरोपा लिगमा स्थान बनाउने सम्भावना कायम राखेको छ । अन्य खेलमा न्युक्यासलले बोर्नेमाउथलाई ४–१ गोलले हरायो ।


    बिहिवार, आषाढ १८ २०७७०९:०४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij