Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

केही दिनभित्र केन्द्रमा कायापलट हुन्छः प्रचण्ड

केही दिनभित्र केन्द्रमा कायापलट हुन्छः प्रचण्ड

  • आइतवार, बैशाख ५ २०७८

  • 1.1K
    SHARES

  • केही दिनभित्र केन्द्रमा कायापलट हुन्छः प्रचण्ड

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरे पनि खतरा नटरेको बताउनुभएको छ ।

    चितवनको माडीमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को कार्यक्रममा दाहालले केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुने खुलासा गर्नुभयो ।

    केपी शर्मा ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयासमा आफूहरु रहेको दाहालले बताउनुभयो ।

    त्यसको तयारीस्वरुप आज काठमाडौँमा राजनीतिक दलहरुसँग बैठक रहेको उहाँले बताउनुभयो ।


    उहाँले निरंकुश सरकारको पतन गराएर र जनपक्षीय सरकार बनाई अब नयाँ युगको सुरुवात हुने दाबी गर्नुभयो ।

    प्रतिगमनका विरुद्ध सडकमा आएका राजनीतिक दलको सहकार्यमा नयाँ सरकार छिट्टै बन्ने उहाँको भनाइ छ।

     


    आइतवार, बैशाख ५ २०७८०६:०४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij