Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

इजिप्ट रेल दुर्घटना : ११ जनाको मृत्यु, ९८ घाइते

इजिप्ट रेल दुर्घटना : ११ जनाको मृत्यु, ९८ घाइते

  • सोमवार, बैशाख ६ २०७८

  • 922
    SHARES

  • इजिप्ट रेल दुर्घटना : ११ जनाको मृत्यु, ९८  घाइते

    एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । राजधानी कायरोको उत्तरमा रहेको क्वालेबिया प्रान्तमा भएको दुर्घटनामा ९८ जना घाइते भएका छन् ।

    कायरोबाट नाइल डेल्टा शहरका लागि छुटेको रेल अनियन्त्रित भई लिक बाहिर जाँदा दुर्घटनामा परेको हो । चारवटा डिब्बा भएको रेल दुर्घटना हुँदा अधिकांश यात्रुहरु उछिट्टिएर घाइते भएका हुन् ।

    इजिप्टमा रेल दुर्घटनाका घटना भैरहन्छन् । सन् २००१ मा भएको रेल दुर्घटनामा ३ सय ७० जनाको मृत्यु भएको थियो । यस्तै गत मार्च महिनामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।


    सोमवार, बैशाख ६ २०७८०८:०१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij