Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनामा कोरोना

मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनामा कोरोना

  • सोमवार, बैशाख ६ २०७८

  • 1.0K
    SHARES

  • मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनामा कोरोना

    काठमाडौँ – कलाकार मदन कृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

    श्रेष्ठसहित उहाँको परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

    श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराउनुभएको छ।

    ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उहाँले भन्नुभएको छ।

    साथै उहाँले कोरोना लागेपछि सास्ती हुने उल्लेख गर्नुभएको छ।

    ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला,’ उहाँले भन्नुभएको छ, ‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’

    श्रेष्ठको आज जन्मदिन पनि हो। उहाँले जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिनुभएको छ।


    सोमवार, बैशाख ६ २०७८०५:१४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij