एजेन्सी । बेलायतले कोरोना संक्रमण तीब्र गतिमा रहेको भारतलाई रेड लिष्टमा राख्दै कोही पनि भारतीय नागरिकलाई बेलायत प्रवेशमा रोक लगाएको छ ।
बेलायती नागरिकको हकमा भारतबाट बेलायत फर्केका नागरिकहरु भने अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम लागु गरिएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री मैट हैकाकले भारतबाट बेलायत प्रवेश गरेका मध्ये १ सय ३ जनामा कोरानाको नयाँ भेरिन्ट पुष्टी भएको भन्दै यस्तो नियम लागु गरिएको जानकारी दिएका छन् ।
भारतबाट बेलायत भित्रिएका नागरिकहरुमा देखिएको कोरोनाको नयाँ भेरिएन्टबारे बेलायती वैज्ञानिकहरुले अनुसन्धान थालेको छ । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको भारत भ्रमण कोरोनाका कारण स्थगीत गरिएको छ ।