Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले लियो १२० जनाको मुद्दा फिर्ता (सूचिसहित)

सरकारले लियो १२० जनाको मुद्दा फिर्ता (सूचिसहित)

  • बुधवार, बैशाख १५ २०७८

  • 1.0K
    SHARES

  • सरकारले लियो १२० जनाको मुद्दा फिर्ता (सूचिसहित)

    काठमाडौं । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

    नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उहाँले बताउनुभयो ।

    १२० जनामा टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीको नाम भने छैन । पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)ले सत्ता साझेदारीका लागि चौधरीलगायतका बन्दीहरुको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

    मुद्दा फिर्ता लिएका अधिकांश मधेस आन्दोलनसँग सम्बन्धित रहेको बताइएको छ ।

    यसैबीच आजै सरकारका महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनामा जन्मकैदको सजाय ठहर भएका रेशम चौधरीसहितका व्यक्तिहरूको मुद्दा फिर्ता लिन नमिल्ने बताउनुभएको थियो ।

    1.jpg2.webp3.webp



    बुधवार, बैशाख १५ २०७८०३:४१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij