Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पर्व मनाउन भेला भएकाबीच भागदौड मच्चिँदा कम्तीमा ३८ को मृत्यु

पर्व मनाउन भेला भएकाबीच भागदौड मच्चिँदा कम्तीमा ३८ को मृत्यु

  • शुक्रवार, बैशाख १७ २०७८

  • 808
    SHARES

  • पर्व मनाउन भेला भएकाबीच भागदौड मच्चिँदा कम्तीमा ३८ को मृत्यु

    एजेन्सी । इजरायलमा भागदौड मच्चिँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यहुदी पर्व मनाउन भेला भएकाहरूबीच भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको हो।

    स्थानीय समयअनुसार शुक्रबार राति भएको सो भागदौडमा दर्जनौँ मानिस घाइते भएका छन्।

    अलजजीराका अनुसार यहुदीले हरेक वर्ष मनाउने पर्व ‘लाग बाओमर’ मनाउन मानिसरू हजारौँको संख्यामा जम्मा भएका थिए। पर्वमा तीर्थ कार्यपछि ठुलो भोज खाने चलन छ। सो क्रममा एकैपटक हजारौँ मानिस साँघुरो बाटोबाट हिँड्ने क्रममा भागदौड मच्चिएको थियो।

    सो घटनापछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘ठुलो संकट’ आइलागेको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत् घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

    कोरोना महामारीका कारण गत वर्ष रोकिएको पर्व यस वर्ष कोरोनाकैबिच मनाउन देशभरबाट करिब ३० हजार मानिस भेला भएको जनाइएको छ।


    शुक्रवार, बैशाख १७ २०७८०८:३६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij