Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालमा २४ घण्टामा थप ५७ सय २७ जनामा संक्रमण पुष्टि,३३ जनाको मृत्यु

नेपालमा २४ घण्टामा थप ५७ सय २७ जनामा संक्रमण पुष्टि,३३ जनाको मृत्यु

काठमाडौं उपत्यकामा मात्रै २ हजार ९५६ जनामा संक्रमण पुष्टि
  • शुक्रवार, बैशाख १७ २०७८

  • 892
    SHARES

  • नेपालमा २४ घण्टामा थप ५७ सय २७ जनामा संक्रमण पुष्टि,३३ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप पााँच हजार ७२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ६५७ र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरेर पाँच हजार ७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

    काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २ हजार ९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

    सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
    कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।

    कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।

     


    शुक्रवार, बैशाख १७ २०७८०५:१२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij