Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रियल म्याड्रिडलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

रियल म्याड्रिडलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

  • बिहिवार, बैशाख २३ २०७८

  • 929
    SHARES

  • रियल म्याड्रिडलाई पराजित  गर्दै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

    एजेन्सी । स्टाम्फोर्ड ब्रिजमा स्पेनिस महारथी रियल मड्रिडमाथि २-० को सहज जितका साथ समग्रमा ३-१ को नतिजा निकाल्दै चेल्सीले यस सिजनको च्याम्पियन्स लिग फाइनलमा इंग्लिस प्रिमियर लिगमा आफ्नो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । फाइनल मे २९ मा टर्कीको इस्तानबुलमा हुनेछ ।


    थोमस टचेलको आगमनसँगै चामत्कारिक परिवर्तन देखिएको चेल्सीका लागि गोलरक्षक एडोवार्ड मेण्डीको प्रदर्शन शानदार रह्यो । पहिलो हाफमा उनले करिम बेन्जेमाको शशक्त दुई प्रहारलाई रोकेका थिए ।

    अघिल्लो साता सान्टियागो वर्नबाउमा १-१ को बारबरी खेलेको चेल्सीले २८ औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता बनायो । काई हाभेर्टजले गरेको प्रहार बारमा लागेर फर्किएपछि वेर्नरले लगभग गोललाइनबाट हेड गोल गरेका थिए ।


    दोस्रो हाफ पूर्णतः चेल्सीको नियन्त्रणमा थियो । उसले आफ्ना पूर्व गोलरक्षक थियावट कोर्टवालाई पछि पार्न कठिन भइरहेको थियो । हाभेर्टज्, एनगोलो कान्टे लगायतको प्रहार कोर्टवाले रोकेका थिए ।

    ८५ औं मिनेटमा मासोन माउन्टले गोल गरेपछि चेल्सीको फाइनल यात्रा निश्चित बन्यो । चेल्सी सन् २०१२ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

    जनवरीमा क्लबका लिजेन्ड फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरिएपछि आएका थोमस टचेलले क्लबमा उल्लेख्य परिवर्तन गरेका छन् । उनले लगातार दोस्रोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरसमेत पाएका छन् । अघिल्लो सिजन पेरिस सेन्ट जर्मेइन (पीएसजी)मा रहँदा उनको टोली फाइनलमा बायर्न म्यूनिखसँग पराजित रहेको थियो ।


    बिहिवार, बैशाख २३ २०७८०७:४६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij