Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कमरेड भावना अन्त्य भयो, व्यक्ति पुजा मुर्दावाद : माधव नेपाल

कमरेड भावना अन्त्य भयो, व्यक्ति पुजा मुर्दावाद : माधव नेपाल

  • बुधवार, श्रावण ७ २०७७

  • 1.1K
    SHARES

  • कमरेड भावना अन्त्य भयो, व्यक्ति पुजा मुर्दावाद : माधव नेपाल

    काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा भित्र कमरेडी भावना अन्त्य भएको बताउनु भएको छ ।

    कमरेडको अर्थ आत्मिय मित्र भएपनि नेकपा भित्र अहिले आत्मियता र मित्रता सकिएको उहाँले दावी गर्नुभयो । एकले अर्कालाई सम्वोधन गर्दा कमरेड भनेर मात्रै नहुने र व्यवहार पनि त्यस्तै हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा नेपाली रेडियो नेटवर्कसँग बोल्दै उहाँले नेकपामा व्यक्तिवादी प्रबृत्ति मौलाएको बताउनुभयो ।

    पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “म व्यक्तिवादी चरित्र र प्रबृत्तिको विरोधी हुँ, म त्यसको घोर विरोध गर्दछु, म पहिले देखिनै यसको विपक्षमा कठोर रुपमा उभिदै आएको छु , व्यक्ति पुजा मुर्दावाद ।”

    बरिष्ठ नेता नेपालले पार्टी नेतृत्व गुटमा रमाउने, जनतालाई महत्व दिदै नदिने, पार्टी र कार्यकर्ताको भावनालाई वेवास्ता गर्ने गरेको आरोप पनि लगाउनुभयो । कम्युनिष्ट पार्टीमा सरकारमा भएका बेला भ्रष्टाचार बढेको, सरकार र जनताको दुरी बढेको पार्टी र कार्यकर्ताको भेट हुन छाडेको उहाँको भनाई छ ।

    जनताभन्दा आफुलाई ठूलो ठान्ने, जनताका कुरा नसुन्ने प्रबत्तिले पुष्पलालले शुरु गरेको कम्युनिष्ट आन्दोलन नै खतरामा परेको नेता नेपालले दावी गर्नुभयो ।

    “विश्वका धेरै देशमा कम्युनिष्ट र जनताको दुरी बढ्ने, कार्यकर्ता टाढा हुने, उनीहरुलाई वेवास्ता गर्ने, एकलौटी र व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने गरेकाले कम्युनिष्ट पार्टीहरु पतन भएका छन्,” उहाँले भन्नुभयो ।

    नेकपामा पनि अहिले देखिएको प्रबृत्तिमा सुधार भएन भने नेपालका कम्युनिष्ट पार्टीप्रति पनि जनताको चरम वितृष्णा बढेर कम्युनिष्टहरु समाप्त हुने उहाँले चेतावनी दिनुभयो ।

    कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने पार्टी भित्रका प्रबृत्तिलाई सुधार्नका लागि नै आफुहरुले अहिले अन्तरसंघर्ष गर्नु परेको उहाँको भनाई छ ।

    बरिष्ठ नेता नेपालले कम्युनिष्ट पार्टी भित्रको अहिलेको संघर्षलाई पार्टी सुधार्ने छलफल तथा कसरतका रुपमा बुझ्न पनि आग्रह गर्नुभयो ।
    कसैसँग व्यक्तिगत टकराव र लाभका लागि नभई पार्टी भित्रको विकृति र गलत प्रबृत्ति सुधार्नका लागि भएका प्रयासलाई झगडाको रुपमा देखिएको उहाँको तर्क थियो ।


    बुधवार, श्रावण ७ २०७७०८:०१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij