Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ६० पुग्यो (सूचिसहित)

कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ६० पुग्यो (सूचिसहित)

  • शुक्रवार, बैशाख २४ २०७८

  • 972
    SHARES

  • कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ६० पुग्यो (सूचिसहित)

    काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि मुलुकका विभिन्न स्थानमा निशेषाज्ञा जारी छ ।

    आज (शुक्रबार) सम्म निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ६० पुगेको गृहमन्त्रालयले जनाएको छ ।

    कोरोनाको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जानकारी दिएको हो ।

    मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ६० जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १३ जिल्लामा आंशिक, बाँकी ४७ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी छ ।

    गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

    निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

    यस्तो छ सूची








    शुक्रवार, बैशाख २४ २०७८०६:४१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij