Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने (विज्ञप्तिसहित)

कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने (विज्ञप्तिसहित)

  • शनिवार, बैशाख २५ २०७८

  • 940
    SHARES

  • कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने (विज्ञप्तिसहित)

    काठमाडौं । नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आफू सहभागी नहुने घोषणा गर्नुभएको हो ।

    उहाँले परिषद्का अन्य सबै सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको छ ।

    ‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    देउवाले लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ ।

    182644732_935485240620997_1708433013680835616_n.jpg

     


    शनिवार, बैशाख २५ २०७८०२:२७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij