Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धन सरकार बनाउने देउवाको प्रस्ताव, प्रचण्डले गरे समर्थन

गठबन्धन सरकार बनाउने देउवाको प्रस्ताव, प्रचण्डले गरे समर्थन

  • सोमवार, बैशाख २७ २०७८

  • 888
    SHARES

  • गठबन्धन सरकार बनाउने देउवाको प्रस्ताव, प्रचण्डले गरे समर्थन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाउने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावलाई समर्थन गर्नुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको प्रस्तावमाथि छलफल गर्दै आज संसद्मा देउवाले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउने प्रस्ताव गर्नुभएको थियो ।

    देउवापछि बोलेका प्रचण्डले ओलीलाई विश्वासको मत दिने जनाउँदै देउवाको प्रस्तावलाई समर्थन गर्नुभएको हो ।

    ‘यसअघिअघि देउवाजीले धारा ७६ (२) अनुसारको सरकार बनाउने प्रस्ताव गर्नुभएको थियो । त्यसलाई समर्थन गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।

    संविधानको धारा ७२ (२) मा दुई वा दुईभन्दा बढी दल मिलेर संयुक्त सरकार बनाउन सकिने व्यवस्था छ ।


    सोमवार, बैशाख २७ २०७८०४:०९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij