Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको भन्यो: वैकल्पिक सरकार असम्भव, तर ओलीले बहुमत दावी गरेर जाने खतरा

कांग्रेसको भन्यो: वैकल्पिक सरकार असम्भव, तर ओलीले बहुमत दावी गरेर जाने खतरा

  • बिहिवार, बैशाख ३० २०७८

  • 1.0K
    SHARES

  • कांग्रेसको भन्यो: वैकल्पिक सरकार असम्भव, तर ओलीले बहुमत दावी गरेर जाने खतरा

    काठमाडौँ – वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ ।

    कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुर पक्षका कारण बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने जानकारी गराउनुभयो।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वैकल्पिक सरकारको सम्भावना टरेको बताउनुभयो।

    तर कांग्रेसले केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ कोउपधारा २ बमोजिम नै प्रधानमन्त्री नियुक्त गर्न भने नमिल्ने बताएको छ।

    कांग्रेस बैठकमा एमालेको माधव नेपाल पक्ष समेत ओलीसँग मिलेको र महन्थ ठाकुर पक्षको समेत समर्थन लिएर ओलीले दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रधानमन्त्री हुन सक्ने विश्लेषण गर्दै त्यसो गर्न नमिल्ने जनाएको हो।


    बिहिवार, बैशाख ३० २०७८०६:५८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij