Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गगनको आह्वानः '१४९ जना सांसद अदालत जाऊँ'

गगनको आह्वानः '१४९ जना सांसद अदालत जाऊँ'

  • शनिवार, जेठ ८ २०७८

  • 987
    SHARES

  • गगनको आह्वानः '१४९ जना सांसद अदालत जाऊँ'

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस युवा नेता गगन थापालले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने बताउनुभएको छ ।

    १४९ जना सांसदको दाबीलाई संसदमा परीक्षण नगरिकन राष्ट्रपति विद्यादेवी भण्डारी र र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको बर्खिलाफ निर्णय गरेको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गर्नुभएको छ ।

    ‘१४९ सांसदको ७६९५० बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ । राजनीतिक लडाईसँगै १४९ जना सांसद आफूहरूको संवैधानिक हकका लागि अदालतमै उभिएर कानुनी लडाईं लड्न तयार रहनुपर्छ', थापाको फेसबुकमा लेख्नुभएको छ ।

    Capture.PNG


    शनिवार, जेठ ८ २०७८०१:३६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij