Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पर्वतारोहीलाई फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सारः गृह मन्त्रालय

पर्वतारोहीलाई फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सारः गृह मन्त्रालय

  • बिहिवार, जेठ १३ २०७८

  • 1.1K
    SHARES

  • पर्वतारोहीलाई फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सारः गृह मन्त्रालय

    काठमाडौँ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास चक्रवात’को प्रभाव नेपालमा पनि रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो आग्रह गरेको हो ।

    प्राधिकरणले एक प्रेस नोट जारी गर्दै अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको हो ।

    आजदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न पनि भनिएको छ ।

    कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ । आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ ।

     

     

     


    बिहिवार, जेठ १३ २०७८०७:३८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij