Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणबाट मृत्यु

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणबाट मृत्यु

  • बिहिवार, जेठ १३ २०७८

  • 717
    SHARES

  • सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । कोरोनाको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको मृत्यु भएको छ ।

    कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको उहाँका भतिजा रुपक मल्लले बताउनुभयो ।

    ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उहाँले भन्नुभयो, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो ।’ मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याले पनि ग्रसित हुनुहुन्थ्यो ।

    पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको थियो । मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।

    त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो ।


    बिहिवार, जेठ १३ २०७८०८:२६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij