Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशका विभिन्न स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

देशका विभिन्न स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

  • शुक्रवार, जेठ १४ २०७८

  • 1.2K
    SHARES

  • देशका विभिन्न स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

    काठमाडौं । देशका अधिकांश स्थानमा विगत दुई दिनदेखि लगातार पानी परिरहेको । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा‚ उच्च वेगको हावाहुरी र एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

    यस्तै‚ प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात रहेकाले पनि सतर्कता अउपनाउन महाशाखाले आग्रह गरेको छ।

    महाशाखाका अनुसार अहिले देशभर चक्रवात ुयासु पश्चिमउत्तर(पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। यस्तै‚ देशभर मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शुक्रबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थान‚ प्रदेश १‚ बागमती र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

    राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना रहेको छ।

    उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश १‚ बागमती र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    शुक्रवार, जेठ १४ २०७८०७:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij