Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ठाकुर र महतोसहित जसपाका चार नेतासँग २४ घण्टे स्पष्टीकरण माग

ठाकुर र महतोसहित जसपाका चार नेतासँग २४ घण्टे स्पष्टीकरण माग

  • शनिवार, जेठ १५ २०७८

  • 908
    SHARES

  • ठाकुर र महतोसहित जसपाका चार नेतासँग २४ घण्टे स्पष्टीकरण माग

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    अध्यक्ष ठाकुर, नेताहरु महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् । अधिकारी अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका हुन् ।

    यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जसपाको विधानअनुसार कारबाही गर्ने पत्रमा उल्लेख छ ।

    यसअघि, पार्टी विभाजनको संघारमा पुगेको जसपा पुनः एकता हुने संकेत देखिएको थियो । गत हप्ता मात्रै अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गरेपछि यस्तो संकेत दिएका थिए ।

    तर, पछि फेरि ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा आलीलाई समर्थन गर्ने निर्णय गरेसँगै जसपामा देखिएको विवाद पुनः चुलिएको छ ।

     


    शनिवार, जेठ १५ २०७८०३:१४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij