Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म कर्जा

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म कर्जा

  • शनिवार, जेठ १५ २०७८

  • 1.0K
    SHARES

  • विद्यार्थीलाई ल्यापटप किन्न ८० हजारसम्म कर्जा

    काठमाडौँ – सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका ल्यापटप किन्न कर्जा दिने भएको छ।

    शनिबार बजेटमार्फत सरकारले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो।

    यस्तो कर्जाको ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो।

    त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निशुल्क उपलब्ध गराइने मन्त्री पौडेलले बताउनुभयो।

    यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ। यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनुभयो।


    शनिवार, जेठ १५ २०७८०५:०३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij