दैलेख । दैलेखको दुल्लु नगरपालिकाले तेस्रो राष्ट्रिय महिलाअधिकार दिवस मनाएको छ । ‘महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो अधिकार’ भन्ने नाराको साथ एक कार्यक्रमकाबीच कोरोना संक्रमणको परिक्षण गरी देउतीचौरमा दिवस मनाएको हो ।
कार्यक्रममा नगरप्रमुख घनश्याम भण्डारी, प्रमुख प्रसाशकिय अधिकृत महेन्द्रजङ शाही , जिल्ला समन्वय समिती दैलेखका सदस्य चन्द्रकला नेपाली , वडा न. १ का अध्यक्ष नयाँराम थापा, ७ का अध्यक्ष लालबहादुर रावत, दुल्लु अस्पतालका मेडिकल अधिकृत डा. अशोक शाह, हेल्थ असिसटेन्ट बिनिता शर्मा , ल्याब असिस्टेन्ट डम्बर कार्कीले परिक्षण गर्नुभएको थियो ।
यस्तै एन्टिजेन विधिबाट १२० जनाको परिक्षण गर्दा सात पुरुष र चार महिला गरी ११ जनामा कोरोना संक्रमण देखिएको छ ।
