Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेलाई लुम्बिनीमा पनि झड्का, राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

एमालेलाई लुम्बिनीमा पनि झड्का, राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

  • सोमवार, जेठ १७ २०७८

  • 1.0K
    SHARES

  • एमालेलाई लुम्बिनीमा पनि झड्का, राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

    काठमाडौँ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका हुनुभएको छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाउनुभएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको हो ।

    पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनुभएको छ । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मात्र मत पाउनुभयो ।

    प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । स्थानीय तहतर्फ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले मतदान गरेनन् । उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए ।

    विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो । एमालेका खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी कुल २९७ मत खसेको थियो ।

    राष्ट्रियससभा सदस्य खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा बागमतीमा राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो, भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।

    यसअघि बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका डा. खिमलाल देवकोटाले बिजयी हुनुभएको थियो । बागमतीपछि आज लुम्बिनीमा पनि एमालेलाई अर्को झड्का लागेको छ ।

    यसैबीच, उपनिर्वाचनबाट विजयी हुनुभएका काँग्रेसका दृगनारायण पाण्डेले यो जित लोकतन्त्र र प्रजातन्त्रको जित भएको बताउनुभएको छ । आफू जितेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरूलाई सशक्त ढंगले उठाउने बताउनभुएको छ ।


    सोमवार, जेठ १७ २०७८०६:५६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij