Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले संविधानविपरीत मन्त्रिपरिषद् पुनर्गठन गरे : प्रचण्ड

ओलीले संविधानविपरीत मन्त्रिपरिषद् पुनर्गठन गरे : प्रचण्ड

  • शनिवार, जेठ २२ २०७८

  • 1.0K
    SHARES

  • ओलीले संविधानविपरीत मन्त्रिपरिषद् पुनर्गठन गरे : प्रचण्ड

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओललिे संविधानविपरित मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै आज उहाँले यस्तो बताउनुभएको हो ।

    “चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनर्गठन गरेको छ,” उहाँले भन्नुभयो ।

    सो अवसरमा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताबीच पु¥याउन शिक्षकहरूलाई आग्रहसमेत गर्नुभयो ।

    उहाँले लोकतन्त्र स्थापना र संविधान निर्माणसँगै जनवादी क्रान्तिको एउटा पाटो पूरा भएको बताउँदै साम्राज्यवादविरुद्धको लडाइँ भने अझै बाँकी रहेको धारणा राख्नुभयो ।

    “समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ”, उहाँले भन्नुभयो ।


    शनिवार, जेठ २२ २०७८०३:०८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij