एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा आज (शुक्रबार) दोस्रो स्थानको एटलान्टा र एसी मिलान भिड्दै छन् ।
एटलान्टाले मिलानसँग उसैको मैदानमा नेपाली समय अनुसार राति १ः ३० बजे खेल्न लागेको हो ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा एटलान्टा जित्ने दाउकासाथ मैदानमा उत्रिदै छ । मिलानलाई हराएर एटलान्टा लिग लिडर युभेन्ट्ससँगको अनक दुरी घटाउन समेत चाहन्छ । एटलान्टाले ३५ खेलमा ७४ अंक जोडेको छ । युभेन्ट्सको ८० अंक रहेको छ । यस सिजन उपाधिका लागि युभेन्ट्सलाई मात्र ३ अंकको आवश्यकता रहेको छ । तर, एटलान्टा घरेलु टोलीलाई हराएर युभेन्ट्समाथि दबाब सिर्जना गर्न चाहन्छ ।
यता, मिलान घरेलु मैदानमा जित निकाल्दै लिगको पाँचौं स्थानमा उक्लन चाहन्छ । छैटौं स्थानको मिलानले ५९ अंक जोडेको छ । एटलान्टालाई हराउँन सके मिलान रोमालाई पछि पार्दै शीर्ष पाँचमा उक्लनेछ ।