Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभरको मौसम बदली, तीन दिन भीषण वर्षाको सम्भावना

देशभरको मौसम बदली, तीन दिन भीषण वर्षाको सम्भावना

  • बुधवार, आषाढ २ २०७८

  • 1.1K
    SHARES

  • देशभरको मौसम बदली, तीन दिन भीषण वर्षाको सम्भावना

    काठमाडौं । मनसुनी वायुको प्रभावले देशभरको मौसम बदली रहको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका अधिकांश स्थानहरुमा चट्याङसहित वर्षाका सम्भावना रहेको छ।

    आज कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको केही भू–भागमा भीषण वर्षा र थोरै स्थानमा त्योभन्दा पनि बढी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    भीषण वर्षाका कारण ती स्थानको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

    बुधबार बिहान देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    दिउँसो पनि देशभरको मौसम बदली रहने छ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भीषणा वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

    बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै‚ कर्णाली, लुम्बिन र गण्डकी प्रदेशका केही स्थानमा भने भीषणा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बिहीबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

    राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १‚ बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    शुक्रबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सुदूर पश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना छ। राति देशभर पनि मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

     


    बुधवार, आषाढ २ २०७८०६:४२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij