Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु

बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु

  • बुधवार, आषाढ २ २०७८

  • 1.0K
    SHARES

  • बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु

    काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ ।

    प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले मंगलबार साँझ सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

    मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

    हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

    मेलम्चीमा पानीको बहाव नघटेको उहाँले बताउनुभयो । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उहाँको भनाइ छ ।


    बुधवार, आषाढ २ २०७८०८:५४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij