Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जारी निशेषाज्ञा तत्काल खोलिहाल्ने अवस्था छैनः सीडीओ पराजुली

जारी निशेषाज्ञा तत्काल खोलिहाल्ने अवस्था छैनः सीडीओ पराजुली

  • आइतवार, आषाढ ६ २०७८

  • 1.1K
    SHARES

  • जारी निशेषाज्ञा तत्काल खोलिहाल्ने अवस्था छैनः सीडीओ पराजुली

    काठमाडौं । कोरोना संक्रमण नियन्त्रणको लागि काठमाडौंमा जारी निशेषाज्ञा तत्काल खोलिहाल्ने अवस्था नरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीेले बताउनुभएको छ ।

    गत वर्ष जस्तै छिट्टै निशेषाज्ञा हटाएपछि फेरि संक्रमण बढ्ने जोखिम भएकाले एकैपटक नभएर विस्तारै खुकुलै पारिदै लगिने तयारीमा उपत्यकाका तीनै जिल्लाका प्रजिअहरु जुटेको उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीमा उहाँले भन्नुभयो–‘संक्रमण ह्वात्तै घटेको छैन, हामीले अहिले विवेकपुर्ण निर्णय गरेनौ भने फेरि संक्रमण बढ्ने र भयावहको अवस्था आउने अवस्था छ त्यहि कारण सोचेर निर्णय गर्नुपर्ने छ ।’

    उद्योग वाणिज्य संघ, व्यापार संघका पदाधिकारीसँग पनि विभिन्न राय सुझाव र सल्लाहहरु लिँदा सबैबाट अहिले एकैपटक खुलाउनुपर्छ भन्ने नभएर क्रमश स्वास्थ्य मापदण्ड पालना गरेर खुलाउनुपर्ने सुझाव आएको पराजुलीले बताउनुभयो ।

    अहिले हतारमा खोल्ने पछि फेरि संक्रमण भयावह भयो भने निशेषाज्ञा गर्नुपर्ने हुँदैन त्यसैले अहिलेदेखि नै विचार गरेर निर्णय गर्नुपर्छ भन्ने सबैपक्षबाट सल्लाह आएकाले यस्तो निर्णय गरिएको उहाँले दोहो¥याउनुभयो ।


    आइतवार, आषाढ ६ २०७८०७:४५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij